यू–१६ फुटबल: गण्डकीबाट ४५ जना छनौट

पाेखरा | साउन ९, २०८०

यू–१६ फुटबल: गण्डकीबाट ४५ जना छनौट

पोखरा:  यू–१६ राष्ट्रिय फुटबल टोलीका लागि गण्डकी प्रदेशबाट ४५ जना छनौट भएका छन् ।

 

एन्फा गण्डकी प्रदेशका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट मनाङ र पर्वतबाट २÷२ जना, गोरखाबाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना गरी कुल ४५ जना छनौट भएका हुन् ।

 

एन्फा गण्डकीले आइतबार र सोमबार गरी दुई दिन सञ्चालन गरेको छनौट प्रतियोगिताबाट कुल ४५ जना छनौट गरिएको गुरुङले बताए । 

 

छनौट प्रतियोगिताको निर्णायकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ रहेका थिए ।

 

एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङका अनुसार छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

 

गण्डकीबाट छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।  घान्द्रुक पर्यटन व्...

थप पढ्नुहोस्

कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।   बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।  नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

थप पढ्नुहोस्